दलाई लामाको जन्मदिनमा स्वयम्भूमा इन्डोर कार्यक्रम
ratopati.com · Mon Jul 06 09:19:06 GMT 2026

काठमाडौँ । निर्वासित तिब्बतीयन धार्मिक नेता दलाई लामाको जन्मदिनको अवसरमा सोमबार स्वम्यभुमा कार्यक्रम गरिएको छ । तिब्बती समुदायले धर्मगुरुको जन्मदिन स्वयम्भूस्थित नामग्याल स्कुलमा मनाएका हुन् । धर्मगुरु लामाको जन्मदिनमा काठमाडौँमा पनि ‘फ्री–तिब्बत’ गतिविधि हुनसक्ने आकलन गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । आज मनाइएको १४औँ दलाई लामाको ९१ औँ जन्मदिन हो ।
जिल्ला सुरक्षा समितिले जुलुस, सभा र पोस्टर सहित प्रदर्शन गर्न रोक लगाइएको थियो । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले फ्री तिब्बत मुभमेन्ट जस्ता गतिविधि हुन नदिन कठोर ढङ्गले प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)