फिफा विश्वकप : जापान र नेदरल्यान्ड्स २–२ को बराबरीमा
nepallive.com · Sun Jun 14 23:32:02 GMT 2026

काठमाडौं– बलियो मानिएको नेदरल्यान्ड्सलाई जापानले बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो ।
नेदरल्यान्ड्सले बल अधिक नियन्त्रणमा राखे पनि पहिलो हाफ गोलको खडेरीमा बितेको थियो । भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लियो । रायन ग्राभेनबर्कको लामो क्रसमा उनले गरेको हेड पोष्टको कुना च्याप्दै गोल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
फिफा
काठमाडौँ