गुडिरहेको टिप्परमा आगलागी
nayapatrikadaily.com · Sat Dec 25 00:46:00 GMT 2021
दाङमा गुडिरहेको टिपरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २३१२ नम्बरको टिपरमा आगलागी भएको हो ।
शुक्रबार साँझ करिब ८ बजेतिर बालुवा लिएर आउँदै गरेको टिपरको वायरिङ सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घोराही ३ स्थित मुसोटको उकालोमा आगलागी भएकाले टिपरको पूर्ण क्षति भएको छ । तर, मानविय क्षति भने भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)