मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी, प्रचण्ड-माधव पनि सहभागी

nepalpress.com · Fri May 22 04:10:43 GMT 2026

कैलाली । नेकपा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरू भएको छ ।

साबिक माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएपछि पहिलो पटक शीर्ष नेताहरूको उपस्थितिमा प्रदेशमा बैठक बसिरहेको हो ।

धनगढीस्थित एक होटलमा जारी बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावललगायतको उपस्थिति छ ।

संसदीय दलका नेता खगराज भट्टले सुरूमै प्रदेश सभाको संख्या र नेकपाको अवस्थाबारे ब्रिफिङ गरे ।

बैठकमा प्रदेशसभामा नेकपाको भूमिकाबारे छलफल हुने बताइएको छ । तीन दलको एकतापछि सुदूरपश्चिममा नेकपा सबैभन्दा ठूलो दल बनेको छ ।

सत्ता समीकरण फेरबदलको चर्चाबीच प्रचण्ड-माधवसहितको उपस्थितिमा बसेको दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Kailali. The meeting of the NCP Sudurpaschim Provincial Assembly Parliamentary Party has begun.

This is the first time that a meeting is being held in the province in the presence of top leaders after the unification of the former Maoist Center, the CPN (Unified Socialist Party), and the Civil Liberation Party.

The meeting, which is being held at a hotel in Dhangadhi, is being attended by NCP coordinator Pushpa Kamal Dahal 'Prachanda', co-coordinators Madhav Kumar Nepal, Narayan Kaji Shrestha and Bhim Rawal, among others.

Parliamentary party leader Khagraj Bhatta initially gave a briefing on the number of provincial assemblies and the situation of the NCP.

It is said that the meeting will discuss the role of the NCP in the provincial assembly. After the unification of the three parties, the NCP has become the largest party in the Far West.

The party meeting, which was held in the presence of Prachanda and Madhav amid discussions about changing the power equation, is being viewed as meaningful.

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय