कर्णाली कोरिडोर अवरुद्ध
gorkhapatraonline.com · Fri May 22 04:18:18 GMT 2026

रानीसैन पर्यटकीय क्षेत्रमा भएको विवादपछि बाजुरावासीले कर्णाली कोरिडोर अवरुद्ध गरेका छन् । मङ्गलबार बाजुराका स्थानीयलाई हुम्लाका खार्पुनाथ गाउँपालिकाका बासिन्दाले गरेको आक्रमणपछि कर्णाली कोरिडोर अवरुद्ध गरेका हुन् ।
घाइतेको थप उपचारका लागि गत बुधबार हेलिकोप्टरमार्फत सुर्खेतमा लगिएको छ । बिहीबार बिहानदेखि बाजुरातर्फबाट कोरिडोर बन्द हुँदा एउटा पनि सवारीसाधन हुम्ला जान पाएका छैनन् । हुम्लाका स्थानीयले भने सडक सञ्चालन गर्नका लागि हुम्लाको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई अपिल गर्दै आएका छन् । बाजुराका बासिन्दाले मङ्गलबारको घटनाका चार जना घाइतेको उपचार र आक्रमणकारीमाथि कानुनी कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)