मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो

rajdhanidaily.com · Sun Jun 14 23:44:46 GMT 2026

काठमाडौं । विश्वकप समूह ‘एफ’ को खेलमा एसियाली मुलुक जापान र नेदरल्यान्डबीच खेल २–२ गोलको बराबरीमा सकिएको छ । अमेरिकाको डल्लास स्टेडियममा भएको उक्त खेलमा जापानले अन्तिम समयमा गोल फर्काएर हारबाट जोगिएको हो ।

मध्यान्तरअघिसम्म गोल नभइ सकिएको खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । खेलको ५० औं मिनेटमा रायन ग्रेभनबर्चको पासमा डिफेन्टर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्डलाई १–० को अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा जापानका केइतो नाकामुराले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि नेदरल्यान्डका लागि ६४ औं मिनेटमा क्राइसेन्सियो समरभिलले गोल गर्दै खेल २–१ को बनाए । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा जापानका कोकी ओगावाले गोल गर्दै जापानलाई २–२ को स्थितिमा पु¥याए ।

सम्बन्धित समाचार

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

हङकङसँग नेपालको लज्जास्पद हार

‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’का लागि खेल संघहरू ऐक्यवद्धता

रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित

आजबाट सुरु हुँदै फुटबल महाकुम्भ (नेपाली समयअनुसार खेल तालिकासहित)

दक्षिण कोरियाको चेक रिपब्लिकमाथि सानदार पुनरागमन

कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय