एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन
barnanmedia.com · Fri May 22 04:17:22 GMT 2026

कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्डविपरीतका ६५ किलो प्लाष्टिकजन्य झोला जफत गरिएको हो ।
पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लाष्टिकजन्य झोला प्रयोगमा निधेष गरेको छ । लुकीछिपी मापदण्डविपरीतका प्लाष्टिकका झोला प्रयोग गरिरहेकामाथि निगरानी गरी प्रयोग रोक्ने उद्देश्यले जफत गरिएको नगर कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद नाघेका रु १८ हजार ९३९ बराबरका दैनिक उपभोग्य सामान जफत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
प्लास्टिक