‘मुन्द्रेको कमेडी क्लब’ लिएर पुनः आउँदै जितु
baahrakhari.com · Sun Dec 26 02:42:00 GMT 2021
काठमाडौं । हास्य कलाकार जितु नेपाल पुनः टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । मुन्द्रेको कमेडी क्लब बन्द गरेका उनी पुनः टेलिभिजन कार्यक्रम लिएर आउन लागेका हुन् ।
“मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले पुनः आफ्नो कर्मतिर लाग्दै छु । हिजोका केही कमीकमजोरीहरुलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहित आउन लागेकाे छु,” उनले बाह्रखरीसँग भने, “नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित आउने छौं ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)