गण्डकीमा ४ वर्षमा ६६ करोडको सवारी साधन खरिद
ekagaj.com · Tue May 16 16:04:43 GMT 2023
पोखरा - महालेखा परीक्षकको पाँचौं प्रतिवेदन अनुसार गण्डकी प्रदेश सरकारले यो वर्ष १४ वटा सवारी खरिद गरेको छ । जसका लागि ९ करोड २२ लाख ३५ हजार रुपैयाँ खर्च भएको तथ्यांक छ । सरकारले भने प्रदेश संरचना नयाँ भएकाले जग बसाउनै धेरै खर्च गर्नुपरेको दाबी गर्दै आएको छ ।
यहाँ प्रदेश सरकारको संरचना बनेदेखि नै गाडी खरिद सुरु भएको हो । गण्डकी संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू चढ्न २ करोड ५० लाखको ल्यान्ड क्रुजर गाडी किने । सुरु मै महँगो गाडी चढेको भन्दै उनले त्यो समय चौतर्फी आलोचना पनि खेपे । मुख्यमन्त्रीले महँगो गाडी चढेपछि तत्कालीन अर्थमन्त्री किरण गुरुङले पनि १ करोड ७० लाख पर्ने टोयोटा फर्चुनर गाडी किने । यसरी सुरु भएको सवारी किन्ने होडबाजीले यो वर्ष पनि निरन्तरता पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)