जानकीको १५ शय्याको आधारभूत अस्पताल ९८ प्रतिशत सम्पन्न
gorkhapatraonline.com · Fri May 22 04:29:26 GMT 2026

बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय नागरिकका लागि प्रतिक्षाको केन्द्र बनेको उक्त अस्पताल अब सञ्चालनको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा गरिएको अनुगमनका क्रममा निर्माण टोलीले आगामी ३० दिनभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)