विपन्न परिवारलाई कम्बल, खाद्यान्न सामग्री तथा फलफूल वितरण
farakdhar.com · Sat Jan 21 13:10:17 GMT 2023
जनकपुरियन लेडिज ग्रुपले विपन्न परिवारलाई कम्बल, खाद्यान्न सामग्री तथा फलफूल वितरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ भुतही पोखरीस्थित सुकुम्बासी बस्तीमा २५ घरधुरीका अति विपन्न परिवारहरुमा कम्बल, खाद्यान्न सामग्री तथा फलफूल वितरण गरिएको हो ।
२५ विपन्न घरपरिवारलाई विभिन्न सामग्रीहरु वितरण गरेको ग्रुपमा आबद्ध रिंकु गायत्री मिश्रले जानकारी दिइन् । उनले एक घरपरिवारलाई २ हजार रुपैयाँबराबरको सामग्री वितरण गरिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)