विश्वकप क्रिकेट लिग– २ घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाल, कस्तो छ अंकतालिका ?
nepalviews.com · Fri May 22 04:32:51 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ जारी साइकलअन्तर्गत नेपाल घरेलु मैदानमा शुक्रबार अन्तिम खेल खेलिरहेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी त्रिकोणीय सिरिजको अन्तिम खेलमा शुक्रबार नेपाल पहिला ब्याटिङ गरिरहेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपाललाई अमेरिकाले पहिला ब्याटिङको निम्तो दिएको छ । नेपालले यसअघि स्कटल्यान्डविरुद्ध उत्रिएको टिममा कुनै परिवर्तन गरेको छैन । अहिले आसिफ शेख र कुशल भुर्तेल क्रिजमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)