बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
nepalnews.com · Mon Jun 15 00:05:09 GMT 2026

बागलुङ। काँधमा भारी। साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ। पसिनाले निथ्रुक भिजेको शरीर। अनुहारमा थकान। ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन्। सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन्। यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन्।
बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन्। गत असोजमा बेँसी झरेका गोठाला वस्तुभाउ लिएर बुकीपाटन उक्लिन थालेका हुन्। एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै घाँस पुर्याउन नसक्ने हुँदा उनीहरू हिउँद बर्खा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)