चेसमा नयाँ च्याम्पियन बने राजन
setopati.com · Thu Jun 06 17:20:00 UTC 2024
झापाली खेलाडी राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११ औं चरणमा विहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
देशका उत्कृष्ट १२ खेलाडी सहभागि नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्बाधिक ८ अंक बनाएर राजन च्याम्पियन भएका हुन् । १९५९ रेटिङका उनले कालो गोटीबाट खेल्दै १९२३ रेटिङका प्रेमकृष्णविरुद्ध पूरा एक अंक हात पारे । उनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकाल्दै ८ अंक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)