पाकिस्तानले दियो अमेरिकालाई १६० रनको लक्ष्य
onlinekhabar.com · Thu Jun 06 17:21:28 UTC 2024
२४ जेठ, अमेरिका – पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनायो ।
कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० रन बनाए । एक समय ४.४ ओभरमा २६–३ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र सादबले ७२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)