किशोरावस्थामा गर्भपतन गराउँदा प्रजनन स्वास्थ्यमा खतरा बढ्ने
rajdhanidaily.com · Mon Jul 06 09:55:40 GMT 2026

दाङ । किशोरावस्थामा हुने गर्भधारण र असुरक्षित गर्भपतनका कारण प्रजनन स्वास्थ्यमा गम्भीर जोखिम बढ्ने भन्दै स्वास्थ्यकर्मीले सचेत रहन आग्रह गरेका छन्। उनीहरूका अनुसार उमेर नपुग्दै गर्भधारण हुनु र असुरक्षित रूपमा गर्भपतन गराउनु किशोरीको स्वास्थ्यका लागि दीर्घकालीन समस्या बन्न सक्छ।
दाङमा २० वर्षमुनिका किशोरीले सुरक्षित गर्भपतन सेवा लिने क्रम बढ्दो देखिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १८२, आव २०८१/८२ मा १९१ र चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म १३४ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)