मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रत्येक वर्ष छ सयभन्दा बढीमा नयाँ सङ्क्रमण पुष्टि

gorkhapatraonline.com · Mon Jun 15 00:13:52 GMT 2026

एचआइभी सङ्क्रमित व्यक्तिप्रतिको लाञ्छना, विभेद र गलत धारणाले उनीहरूले स्वास्थ्य तथा सामाजिक अधिकारबाट वञ्चित हुनु परेको बताइएको छ । ‘एचआइभी, मलेरिया र क्षयरोगसँग सम्बन्धित लाञ्छना तथा भेदभाव अन्त्यका लागि मानव अधिकारमुखी रिपोर्टिङ’ विषयक कार्यक्रममा वक्ताले एचआइभी सङ्क्रमित व्यक्तिलाई लाग्ने गरेको लाञ्छना र विभेद अन्त्य गर्न सरकार, सञ्चार माध्यम तथा समुदायको साझा प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा अझै पनि सङ्क्रमित व्यक्तिमाथि भेदभाव हुँदा उनीहरूलाई समाजमा स्थापित हुन गाह्रो हुने गरेको बताउनुभयो । उहाँले हालसम्म नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ३४ हजार ३३७ पुगेको जानकारी दिँदै प्रत्येक वर्ष करिब ६१४ जनालाई नयाँ सङ्क्रमण पुष्टि हुने गरेको बताउनुभयो । डा. शर्माले आमाबाट बच्चामा एचआइभी सर्ने जोखिम घटेको जानकारी दिँदै गर्भावस्थादेखि नै उचित उपचार र औषधी सेवन गरेमा नवजात शिशुमा सङ्क्रमण हुने सम्भावना न्यून हुने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)