मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध

ratopati.com · Wed Nov 27 22:11:00 GMT 2024

काठमाडौं । इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग चरण अन्तर्गत बुधबार राती भएको पाँचौ खेलमा लिभरपुल स्पेनको रियाल मड्रिडलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानको फाइदा उठाउँदै लिभरपुलले रियालविरुद्ध २–० को सहज जित निकाल्यो । उसलाई जिताउन एलेक्सिस म्याक एलिस्टर र कोडे गाक्पोले एक-एक गोल गरे । तर, मोहम्मद सालाहले हानेको पेनाल्टी भने क्रस हुन सकेन । उता, रियालका केलेयन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी समेत खेर गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)