मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुई विदेशीका कला साताव्यापी प्रदर्शन

barnanmedia.com · Wed Nov 27 22:11:46 GMT 2024

काठमाडौँ, १३ मङ्सीरः ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र लिथुआनियाकी गेर्डा ल्युड्विनाभिसियुटेकाले सिर्जना गरेका कला प्रर्दशनी गरिने भएको हो ।

आर्टुडियो अन्तर्राष्ट्रिय कलाकार रेसीडेन्सी कार्यक्रम २०२४ अन्तर्गत दुवै जनाले नेपाल आई सिर्जना गरेका रचनात्मक कार्यको सम्मान स्वरुप प्रर्दशनी हुन लागेको हो । आर्टुडियोमै यही मङ्सिर १४ देखि एक सातासम्म प्रदर्शनी हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)