आज एकैदिन १० संसदीय समितिको बैठक
nepalnews.com · Fri May 22 04:50:06 GMT 2026

विराटनगर । पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा पहिचानवादी पुनः आन्दोलित भएको छ । उनीहरूले अरुण पूर्वका नौ जिल्ला र ती जिल्लामा रहेका जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन जारी रहेको बताएका छन् । रास्वपा सरकार बनेपछि केबलकार परियोजना रोक्ने आश्वासन पाएको उनीहरूको दाबी छ ।
पत्रमा २०५३ सालदेखि उक्त क्षेत्रलाई “पाथीभरा” नामकरण गरी सरकारी संरचनामार्फत विकासको नाममा व्यापारीकरण गरिएको दाबी गरिएको छ । पत्रमा भनिएको छ, “२०७५ सालमा तत्कालीन मन्त्रिपरिषद्ले पाथीभरा देवी दर्शन केबलकार योजना सञ्चालन अनुमति दिएको थियो, यसलाई तत्काल रोकिनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
बालेन्द्र शाह