मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तत्काललाई उद्योगका विद्युत् लाइन नकाटिने

ekantipur.com · Wed Nov 27 23:32:21 GMT 2024

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंकलाइन विवादमा बक्यौता नतिर्ने उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बसेको बैठकले उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले मंगलबार चारबुँदे पत्र पठाउँदै उद्योगमा बिजुली नकाट्न भनिसकेको थियो । सोही निर्देशनअनुसार प्राधिकरण सञ्चालक समिति बैठकले बहुमतका आधारमा बिजुली नकाट्ने निर्णय गरेको हो । तर प्राधिकरणका सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यले आयोगको पत्रका बुँदामा एकरूपता नदेखिएको भन्दै ‘फरक मत’ राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)