चलचित्र ‘उनको स्वेटर’ को औपचारिक रूपमा पोस्टर सार्वजनिक
barnanmedia.com · Wed Nov 27 23:26:36 GMT 2024

विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको चलचित्र ‘उनको स्वेटर’ को औपचारिक रूपमा पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोक्नुभएको छ भने मन्द मुस्कानमा रहेकी मिरुनालाई राखिएको छ ।
‘उनको स्वेटर’ शीर्षकलाई उनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ । पोस्टर सार्वजनिकसँगै यस चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्र २०८२ साल वैशाख २६ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा सुनील पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, भावना खपाङ्गीमगरलगायतको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)