मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल र  हेजबुल्लाहबीच युद्धविराम

ekantipur.com · Wed Nov 27 23:38:14 GMT 2024

काठमाडौँ — करिब १४ महिना लामो युद्धपछि अन्ततः इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएका छन् । दुई पक्षबीच बुधबार बिहान ४ बजेदेखि लागू हुने गरी युद्धविराम भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका हुन् । युद्धविराम भएसँगै इजरायल–लेबनान सीमा क्षेत्र शान्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । त्यस्तै, इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटरभित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)