मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

nepalnews.com · Fri May 22 05:00:08 GMT 2026

जनकपुरधाम। सरकारमा सहभागि रहेका जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिदै छन।

सरकारमा सहभागि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।

विश्वास मतको लागि मधेस प्रदेश सभाको बैठक १ बजेको लागि बोलाइएको छ। गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारलाई जसपा नेपाल, नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो। तर बिहीबार राति एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेश सरकारको समीकरण फेरिएको हो। नयाँ समीकरणअनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ ।

हाल मधेश प्रदेशसभामा १०२ सदस्य कायम छन्।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५, जसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका १, १ सांसद छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय