सूर्य नेपाल च्यालेन्जः तेस्रो दिन भुवन शीर्षस्थानमा
ajakoartha.com · Fri May 22 04:53:00 GMT 2026
काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११–अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन् ।
आज ३–अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारे। इभन–पार ६८ को स्कोरमा समग्रमा ८–अन्डर १ सय ९६ सहित शुक्र दोस्रो स्थानमा तल झरे। हिजो उनी भुवनसँगै संयुक्तरुपमा शीर्षस्थानमा रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)