युवा सशक्तीकरण, सीप र उद्यमशीलता कार्यक्रम प्राथमिकतामा छ : श्रम मन्त्री यादव
nepalnews.com · Mon Jul 06 10:19:56 GMT 2026

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा सशक्तीकरण, सीप, उद्यमशीलता र रोजगारीसँग जोडिएका कार्यक्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा उनले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई आन्तरिक रोजगारी वृद्धिमा जोड दिइने स्पष्ट पारे।
मन्त्री यादवले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वदेशमै टिकाउन कोशी र मधेसका २० स्थानीय तहमा रेमी परियोजनामार्फत २० हजार १५५ जना अभिमुखीकरण र परामर्श सेवा प्रदान गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)