‘बेलैमा उपचार नपाउँदा बढी मृत्यु’
ekantipur.com · Thu May 20 00:26:54 GMT 2021
काठमाडौँ — कोभिड–१९ ले वैशाख लागेयता ३६ दिनमा २ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
समयमै अक्सिजन, आईसीयू र भेन्टिलेटर नपाएकाले संक्रमणले बढी मृत्यु भएको विज्ञहरूले दाबी गरेका छन् । ‘आधाजसोको मृत्यु समयमै उपयुक्त चिकित्सा सेवा सुविधा नपाएर भएको देखिन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)