‘नेपाल–चीन सम्बन्ध सुदृढ बनाउँछौँ’
gorkhapatraonline.com · Mon Jun 15 00:37:26 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीनबिचको सम्बन्ध सदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा हुने बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा आइतबार बेइजिङ पुग्नुभएका उहाँले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधारभूत पक्ष रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी राष्ट्रहरू र अन्य मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ गाढा र प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणहरू अत्यन्त महत्वपूर्ण हुन्छन् । दुई देशबिचका उच्चस्तरीय भ्रमणहरूले निरन्तरता पाऊन् र दुवै पक्षबाट होऊन् भन्ने मेरो चाहना हो ।”
दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गर्दै उहाँले थप्नुभयो, “सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौँ, देखेका छौँ, त्यो प्राप्त गर्नका लागि दुई देशबिचको सहकार्यलाई अगाडि बढाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश लिएर यहाँ आएको हुँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)