मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

nepalnews.com · Mon Jun 15 00:46:12 GMT 2026

टेक्सस । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ । अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार भएको खेलमा जापानले दुई पटक पछाडि परेको अवस्थालाई उल्ट्याउँदै अङ्क खोस्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ५१ औँ मिनेटमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई रायन ग्रेभेनबर्चले पास दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय