देवदह खयरडाँडामा भेटियो प्राचीन इनार
baahrakhari.com · Thu Jun 06 18:05:32 UTC 2024

लुम्बिनी (मर्चवार) । गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रूपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भागमात्रै देखा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)