घरेलु मैदानमा खेल्न नपाएको नेपाललाई यूएईले सजिलै हरायो
ratopati.com · Thu Jun 06 18:00:00 UTC 2024
काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा बिहीबार नेपाल पराजित भएको छ । साउदी अरबमा खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ४–० गोलले हराएको हो । एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपालले भोगेको यो लगातार पाँचौँ हार हो ।
बिहीबार राति खेलिएको खेलमा यूएईले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । पहिलो हाफमा यूएईका लागि दुबै गोल हरिब अब्दल्लाले गरेका हुन् । उनले तीन मिनेटको बिचमा दुई गोल गरे । खेल सुरु भएको १२औँ मिनेटमै उनले टोलीलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)