स्वास्थ्योपचार सेवामा छुट सम्झौता
rajdhanidaily.com · Wed Oct 12 01:04:35 GMT 2022
काठमाडौं । गण्डक अस्पताल प्रालि, स्पर्स मल्टिस्पेसियालिटी अस्पताल वीरगन्ज र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबीच स्वास्थ्योपचार सेवामा निश्चित प्रतिशत छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारी, मधेस प्रदेशभित्र स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारलाई स्वास्थ्योपचार सेवामा निश्चित छुट उपलब्ध गराउन सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)