विश्वप्रकाशको आग्रह– सर्वोच्चको निर्णयपछि अब कांग्रेस आन्तरिक विवादमा नअल्झियोस्, संकटमा एकताबद्ध बनौँ
nepallive.com · Fri Aug 28 07:13:20 GMT 2026

काठमाडौँ– नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएको अवस्थामा अब महाधिवेशनको तयारीलाई लिएर अन्योलमा नरही पार्टीका सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
रसुवाको बाढीबाट सिर्जित मानवीय संकटतर्फ संकेत गर्दै शर्माले अहिलेको प्राथमिकता विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्। त्यसपछि पूर्वनिर्धारित प्रक्रियाअनुसार पार्टीको महाधिवेशनतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)