पाइलट बिदेसिँदा यात्रुलाई सास्ती
gorkhapatraonline.com · Mon Jun 15 00:56:26 GMT 2026

मुगु, हुम्ला, डोल्पा र जुम्लामा नेपाल वायुसेवा निगमको नियमित हवाईसेवा प्रभावित हुँदा हिमाली भेगका नागरिकले सास्ती भोग्नु परेको छ । निगमका जहाजका पाइलट क्षमता विकाससम्बन्धी तालिमका लागि विदेश गएपछि केही दिनयता हिमाली जिल्लामा नियमित हवाई उडान सञ्चालन हुन सकेको छैन ।
नेपाल वायुसेवा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय प्रबन्धक यमराज सिंहका अनुसार निगमका पाइलट असार ६ गतेसम्म विदेशमा तालिममा रहने भएकाले कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला, डोल्पा र जुम्लामा नियमित उडान प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)