तरकारीका एक सय छब्बिस वटा नमुनामा उपभोग गर्न नहुने विषादी
gorkhapatraonline.com · Mon Jun 15 00:59:49 GMT 2026

केन्द्रीय कृषि प्रयोगशालाले २५ हजार ९० तरकारी नमुना परीक्षण १२६ वटामा उपभोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ । प्रयोगशालाले चालु आव २०८२/८३ को पहिलो नौ महिनामा देशका १२ स्थानमा त्यो सङ्ख्याका नमुना परीक्षण गरेकामा १२६ वटा खान नहुने र ४९ वटा केही दिन पर्खेर मात्रै खान मिल्ने विषादीको मात्रा पाइएको थियो । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटीबाहेक बिर्तामोड, बुटवल, पोखरा, नेपालगन्ज, सुर्खेत, धरान, लालबन्दी, कावासोती, सिन्धुली, ढल्केबर, अत्तरिया प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
केन्द्रीय प्रयोगशालाका अनुसार कालीमाटी २६ वटा, पोखरामा २६ वटा, कावासोतीमा २६ वटा, अत्तरियामा १३ वटा, नेपालगन्ज र सुर्खेत सात/सात वटा, बुटवल पाँच वटा, ढल्केबर चार वटा, लालबन्दी, कावासोती, बिर्तामोड तीन/तीन वटा खान नहुने विषादीको अवशेष भेटियो । नेपालमा हाल यीबाहेकका विषादी प्रयोग भएमा ती प्रयोगशालाले पत्ता लगाउन सक्दैनन् । नेपालमा हाल १६९ प्रकारका विषादी दर्ता भएर प्रयोगमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)