तीन जिल्ला र दुई प्रदेशका नागरिकको साझा स्वास्थ्य चौकी
gorkhapatraonline.com · Thu Apr 16 06:41:21 GMT 2026

धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ भने मधेश र बागमती प्रदेशको सीमासमेत जोड्दछ । त्यसमाथि महोत्तरीको बर्दिवास नगरपालिका–३, राजावाससमेत नजिकै रहेकाले यो चौकी तीन जिल्ला र दुई प्रदेशका बासिन्दाका लागि सहज पहुँचको स्वास्थ्य सेवा केन्द्र बनेको छ ।
मिथिला नगरपालिकाले वडा नम्बर ११ का बासिन्दालाई लक्षित गर्दै स्थापना गरेको यो स्वास्थ्य चौकी अहिले सीमावर्ती क्षेत्रका नागरिकका लागि साझा उपचार केन्द्र बनेको छ । धनुषाका स्थानीयसँगै सिन्धुली र महोत्तरीका बासिन्दा पनि सहज पहुँचका कारण उपचारका लागि यहीँ आउने गरेका छन् । टाढा रहेका ठुला अस्पतालसम्म पुग्न समय र खर्च लाग्ने भएकाले सामान्य स्वास्थ्य समस्यादेखि गर्भवती जाँच, बालबालिका खोप, साना चोटपटकलगायतका सेवाका लागि यो चौकी नै पहिलो रोजाइ बन्ने गरेको स्वास्थ्य चौकीकी कार्यालय सहयोगी सबिता घिसिङले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)