मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलः कुराकाओमाथि जर्मनीद्वारा गोलको वर्षा

corporatenepal.com · Mon Jun 15 01:00:17 GMT 2026

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई पराजित गरेको छ । अमेरिकाको ह्युस्टन रङ्गशालामासम्पन्न समूह ‘इ’को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७–१ गोलअन्तरले पराजित गरेको हो ।

जर्मनीले पहिलो हाफमा तीन गोल र दोस्रो हाफमा चार गोल गर्‍यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।

एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१औँ मिनेटमा कुराकाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।

खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता बनाए । जर्मनीका लागि मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे ।

Advertisement

यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय