प्रधानमन्त्रीले फेरि भने–तत्कालै मन्त्रिपरिषद् हेरफेर हुन्छ, कांग्रेस भन्छ - मन्त्री फिर्ता हुँदैनन्
annapurnapost.com · Sun Feb 11 01:00:31 GMT 2024
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने घोषणा पुनः गरेका छन्। सोनाम ल्होसारको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर सरकारलाई गति दिने घोषणा गरे। तर, गठबन्धनका अरू दल भने तत्कालै मन्त्रिपरिषद् हेरफेरको पक्षमा छैनन्।
कांग्रेस महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेरका पक्षमा छ भने एकीकृत समाजवादी लगायतका अरू दलमा त्यसबारे छलफल पनि नभएको नेताहरू बताउँछन्। ‘अब छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ प्रधानमन्त्री दाहालले सोनाम ल्होसारको कार्यक्रममा भने, ‘पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ। अब संघको मन्त्रिपरिषद् पुनर्गठन त हुन्छै हुन्छ। पुनर्गठन हुनेबित्तिकै तामाङ समुदायबाट मन्त्री बन्छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)