ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न सरकारद्वारा सार्वजनिक सवारीको नयाँ दर्ता रोक
himalpress.com · Fri May 22 05:42:45 GMT 2026

काठमाडौँ- सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालय र स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै सरकारले वायु प्रदूषण, बढ्दो सवारी चाप र सडकमा सवारी साधनको चापका कारण आवागमनमा उत्पन्न कठिनाइलाई मध्यनजर गर्दै यो निर्णय लिइएको जनाएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि विद्युतीय सवारी साधनसहित नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनिएको छ। ‘सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्म तत्कालका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएकाले तहाँ मन्त्रालय अन्तर्गतका कार्यालय तथा पालिकाबाट गरिने सार्वजनिक सवारी साधनहरूको (इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेत) नयाँ दर्ता रोक्का गरिदिनुहुन निर्णयअनुसार ब्यहोरा अनुरोध छ,’ परिपत्रमा भनीएकोछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)