वेस्ट ह्याम चौथो स्थानमा
ekantipur.com · Tue Apr 06 00:57:41 GMT 2021
लन्डन — इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले आइतबार उल्भ्सलाई ३–२ ले हराएर चौथो स्थानमा उक्लेको छ । यो जितपछि वेस्ट ह्यामको ३० खेलबाट ५२ अंक भएको छ ।
टिमको जितमा जेसी लिनगार्ड, पाब्लो फोर्नाल्स र जेरोड बोवेनले गोल गरे । वेस्ट ह्यामले तीन गोलको अग्रता लिएपछि दुई गोल खाएको थियो । उल्भ्सकातर्फबाट लियान्डर डेनचोकर र फाबियो सिल्भाले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)