१२ वर्षपछि विश्वकपमा फर्किएको आइभोरी कोस्ट इक्वेडरविरुद्ध विजयी
shilapatra.com · Mon Jun 15 00:58:00 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा आइभोरी कोस्ट विजयी भएको छ ।
नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको फिलाडेल्फिया रंगशाला भएको खेलमा इक्वेडरलाई १–० गोल अन्तरले हराउँदै आइभोरी कोस्ट विजयी भएको हो ।
खेलको ८०औँ मिनेटमा म्यानचेस्टर युनाइटेड एफसीमा आबद्ध आइभोरी कोस्टका अमाड डियालोले गरेको गोल नै निर्णायक बन्यो ।
फिफा वरीयताको ३२औँ स्थानमा रहेको आइभोरी कोस्ट १२ वर्षपछि विश्वकपमा फर्किएको देश हो । यो देश २०१८ र २०२२ को विश्वकपमा छनोट हुन सकेको थिएन ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३
०६:४३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा