प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र
rajdhanidaily.com · Wed Sep 11 23:31:00 UTC 2024

सप्तरी । जनता समाजवादी पार्टी नेपाल सप्तरीले दुई फरक विषय उठान गर्दैै प्रधानमन्त्री तथा मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय पुगी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।
मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, महिला नेतृ पुनम यादव, डा.ववि सिंह यादव, रमिला साह, यूवा नेता लक्ष्मण यादव, किशोर यादव केसी, राजेश्वर राय, अरुण प्रधान, हरेराम यादव लगायतका नेता समेतको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)