मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हिंसा’ शब्दमा आपत्ति जनाउँदै संसद्‍मा माओवादीको अवरोध

ekantipur.com · Wed Sep 11 23:37:02 UTC 2024

काठमाडौँ — संसद्को रेकर्डबाट ‘हिंसा’ शब्द हटाउन नपर्ने सभामुख देवराज घिमिरेको रुलिङको विरोध गर्दै माओवादीले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । माओवादी सांसदले विरोध जनाएपछि संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । सभामुख घिमिरेले आइतबार बस्ने गरी बैठक स्थगित गरेका छन् ।

भदौ १२ को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ भनेर टिप्पणी गरेका थिए । भट्टराईको अभिव्यक्तिबाट ‘हिंसा’ शब्द संसद्को अभिलेखबाट हटाउनुपर्ने माग माओवादी सांसदले त्यही दिन गरेका थिए । एमाले र माओवादी सांसदबीच वादविवाद चर्किएपछि त्यसै दिन सभामुख घिमिरेले भट्टराईको अभिव्यक्तिमाथि छानबिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)