मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबादको पहिलो जित

baahrakhari.com · Mon Apr 10 00:08:00 GMT 2023

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । हैदराबादले आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा पञ्जाव किङ्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पञ्जावले प्रस्तुत गरेको १४४ रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल खडा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)