मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चौसट्ठी परिवारलाई खानेपानी वितरण

barnanmedia.com · Wed Sep 11 23:46:56 UTC 2024

काठमाडौँ, २७ भदौ : जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खानेपानी आयोजना सम्पन्न भएको हो ।

उक्त आयोजनाबाट ६४ परिवार प्रत्यक्ष लाभान्वित भएका बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेशले खहरे गाउँपाखोमा रु ६० लाख, खहरे थुमथुमेमा रु नौ लाख र सङ्घीय सरकारले रु १० लाखमा खहरे झपार्दी खानेपानी आयोजनामार्फत एक घर, एक धारा जडान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)