अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री सहयोग
ratopati.com · Fri May 22 05:57:05 GMT 2026

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका अनाथ र असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकले आफ्नो गोंगबु शाखा कार्यालयमार्फत संस्थामा आश्रित बालबालिकाहरूलाई सहयोग गरेको हो ।
बैंकका काठमाडौँ क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एलकेजीदेखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाहरूका लागि आवश्यक शैक्षिक सामग्री संस्थाकी संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।
बैंकद्वारा गरिएको सहयोगले बालबालिकाहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि उनले बताइन् । शैक्षिक सामग्री पाएपछि बालबालिकाहरूले खुसी र उत्साह व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)