स्रष्टा माधवप्रसाद न्यौपानेकाे ‘मनका उद्गार’ लाेकार्पण
nagariknews.nagariknetwork.com · Mon Jun 15 01:10:36 GMT 2026

साहित्यकार माधवप्रसाद न्यौपानेकाे ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्राडा लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)