‘बेहुली’ चलचित्रको छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा दर्शकमाझ आउँदै
kendrabindu.com · Fri May 22 06:05:47 GMT 2026

काठमाडौं । पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्।
‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ। रिलिजको नजिकै रहेको हरितालिका तीजको भावना र बेहुलीको कथाबीचको यो तालमेल दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको अपेक्षा छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)