मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै

onlinekhabar.com · Mon Jun 15 01:30:10 GMT 2026

१ असार, काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ :०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)