इसेवाबाट जीवन बीमा नवीकरणमा बम्पर उपहार, नगद र स्मार्ट टिभी जित्ने मौका
ictsamachar.com

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । यो योजना जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन भइरहेको छ ।
अभियान अवधिभर इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)